ad ad

बागमती


आज काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस

आज काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस

रासस
कात्तिक ७, २०८० मंगलबार ७:५३, काठमाडौँ

नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। 

उनका अनुसार आज बिहान ८.३० बजेदेखि साँझ ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .