ad ad

बागमती


काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

नेपालखबर
कात्तिक ५, २०८० आइतबार ७:४०, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (आइतबार) बिहान गतिलै भूकम्पको धक्का महसुस गरिएको छ।

आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको हो। 

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पर्ने दहचोकका स्थानीयले निकै बेर राम्रैसँग घर हल्लाएको बताए। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले काठमाडौँ उपत्यकामा भूकम्प गएको पुष्टि गरे।

‘केन्द्रबिन्दु र रेक्टर स्केलका विषयमा हामी केही बेरमा निश्चित गर्ने छौँ’, उनले नेपालखबरसँग भने।

दसैँको रमझममा रहेका बेला भूकम्पको धक्का गएपछि उपत्यकावासी त्रसित भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .