मकवानपुरमा राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४, भैरब रोड बस्ने फिरज अन्सारीका १० वर्षीय छोरा संसद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंगलबार अन्सारी घर परिवार सहित हेटौंडा–१, स्थित सब्जि मन्डि नजिक राप्ति खोलामा नुहाउन गएका थिए।
नुहाउने क्रममा उनलाई खोलाले बगाई ५ सय मिटर तल राप्ति पुल नजिक पुर्याएको थियो।
अन्सारीलाई परिवारले बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौंडा अस्पताल लगेकोमा मंगलबार दिउँसो निजलाई डाक्टरले मृत घोषणा गरेका हुन्।
अन्सारीको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया