पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खुरखुरेमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा ३१ यात्रु घाइते भएका छन्।
सोमबार दिउँसो पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस एक आपसमा ठोक्किँदा ३१ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालउ चितवनले जनाएको छ।
दुर्घटनामा दुवै बसका चालक र एक भारतीय नागरिकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।
201
Shares
प्रतिक्रिया