ad ad

बागमती


पेप्सीकोला दुर्घटना अपडेट– एकको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक

पेप्सीकोला दुर्घटना अपडेट– एकको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक

नेपालखबर
भदौ १७, २०८० आइतबार ९:२५, काठमाडौँ

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २७/२८ का पुरुष व्यक्तिको मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ। 

दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर छ। 

पेप्सीकोला सवारी दुर्घटनाका घाइते-

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड‌्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा- हात-टाउको-खुट्टामा चोट, बोल्न नसक्ने।

३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती- ढाड र हातमा चोट अवस्था सामान्य

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक- भित्रि चोट, अवस्था सामान्य

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा- हातमा चोट 

बा ३ ख ४१४८ नम्बरको बसले एकसाथ तीन सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ५८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो।

दुर्घटना आज बिहान साढे ७ बजेतिर भएको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .