ad ad

बागमती


बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता

बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता

नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:५०, हेटाैँडा

बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता भएका छन्। प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको हो। लामो समयसम्म बिजनेसविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि र नयाँ विधेयक दर्ता गराएको हो।

प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ।

गत वर्ष असोजमा ल्याइएको प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएकोमा उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय भएको थियो।

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ। बिजनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि सोमबार बस्ने भएको हो ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले सोमबार दिउँसो १ः३० बजेका लागि बैठक प्रदेश सभा बैठक आव्हान गरिएको जानकारी दिए। बागमती प्रदेशको चालु आवको बजेट गत असार २१ गते पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि बैठक स्थागित भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .