ad ad

बागमती


बागमती प्रदेशका १३ अस्पतालमा ८११ शैया निःशुल्क

बागमती प्रदेशका १३ अस्पतालमा ८११ शैया निःशुल्क

नेपालखबर
भदौ ४, २०८० सोमबार ८:२१, हेटौँडा

बागमती प्रदेश अन्तर्गतका सरकारी अस्पतालमा ८ सय ११ शैया निःशुल्क गरिएको छ। 

सरकारी अस्पतालहरुमा सामाजिक सेवा इकाइ स्थापना गरी असहाय, अपाङ्गताभएका, विपन्न, व्यवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने उदेश्यले अस्पतालहरुमा शैया निः शुल्क गरिएको हो। 

गत असार १२ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशका सरकारी अस्पतालहरुमा १० प्रतिशत बेड निःशुल्क गर्ने निर्णय गरेको थियो।

जसअनुसार यहि भदौ १ गतेदेखि लागू हुनेगरी निर्णयलाई कार्यान्वयनमा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिए।

बागमती प्रदेशका १३ जिल्ला अस्पतालमा गरेर ८ सय ११ वेड निःशुल्क गरिएको हो। 

कुन अस्पतालमा कति वेड निःशुल्क?

अस्पतालको कुल शैयामध्येको १० प्रतिशत शैया निःशुल्क गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरुप मकवानपुरको हेटौंडा अस्पतालमा १ सय ७५ वेड निःशुल्क गरिएको छ। 

सबै जनरल बेडहरु निःशुल्क गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए। यस्तै नुवाकोटको त्रिशुली अस्पतालले ९२ शैया निःशुल्क गरेको छ भने धादिङको धादिङ अस्पतालले ७९ शैया निः शुल्क गरेको छ।
 
यस्तै, भक्तपुरको भक्तपुर अस्पतालमा ७५, चौतारा अस्पताल सिन्धुपाल्चोकमा ३६, मेथिनकोट अस्पताल काभ्रेपाञ्चोकमा ५१, बकुलहर रत्ननगर अस्पताल चितवनमा ७६ शैया निःशुल्क गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यसैगरी सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमा ७७, पशुपती चौलागाई मेमोरियल अस्पताल दोलखामा ४५, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर २५, रसुवाको रसुवा अस्पतालमा १९, टोखा चण्डेश्वरी अस्पताल काठमाण्डौंमा २५ र रामेछापको रामेछाप अस्पतालमा ३६ वेड निःशुल्क गरिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .