ad ad

बागमती


नारायणीको बाढी अझै सतर्कता तहमाथि नै, सुरक्षित रहन आग्रह

नारायणीको बाढी अझै सतर्कता तहमाथि नै, सुरक्षित रहन आग्रह

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार ८:२९, भरतपुर

नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि नै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीको पानीले सतर्कता तह पार गरेको हो। 

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७ दशमलव ७ मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ।

देवघाटमा सात दशमलव ३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७ दशमलव ४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ। 

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .