बागमती


काठमाडौंमा घरको पाँचौँ तलामा लागेको आगो ६ घण्टाको प्रयासपछि निभ्यो (भिडिओ)

काठमाडौंमा घरको पाँचौँ तलामा लागेको आगो ६ घण्टाको प्रयासपछि निभ्यो (भिडिओ)

नेपालखबर
साउन २८, २०८० आइतबार १४:१८, काठमाडौँ

काठमाडौंको नरदेवीस्थित एक घरमा आज बिहान लागेको आगो झन्डै ६ घण्टाको प्रयासपछि निभेको छ। 

काठमाडौं महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तलामा बिहान करिब ७ बजे भएको आगलागी दिउँसो करिब १ बजे निभाइएको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको हो। 

आगलागीबाट पाँचौँ तलाको ढोका र झ्यालमा क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए। रासस

सामाजिक सञ्जालमा सार्वजनिक आगलागीको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad