बागमती


मकवानपुर पहिरोमा बेपत्ता ५ जनामध्ये बाबु–छोरी मृत भेटिए, अझै ३ व्यक्तिको अवस्था अज्ञात

मकवानपुर पहिरोमा बेपत्ता ५ जनामध्ये बाबु–छोरी मृत भेटिए, अझै ३ व्यक्तिको अवस्था अज्ञात

बेपत्ताहरूको खोजी गरिँदै


नेपालखबर
साउन २४, २०८० बुधबार १०:२२, हेटौँडा

मकवानपुर बागमती ५ सिक्रे दोभानमा पहिरोसँगै बगेर बेपत्ता ५ जनामध्ये बाबु-छोरी मृत भेटिएका छन्।

प्रहरी चौकी (भोर्लेनी) का अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन्।

उनीहरूको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिण बागमती नदीको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय (मकवानपुर) ले जनाएको छ।

बेपत्ता ६ जनामध्ये एकजनाको भने मंगलबार उद्धार गरिएको छ। उनको उपचार जारी छ भने अझै ३ जना पत्ता लाग्न सकेका छैनन्।

उनीहरूको सोमबार रातिदेखि परेको पानीले घरमाथिबाट पहिरो खस्दा अक्कलबहादुरको घर पहिरोसँगै बागमती नदीमा खसेको थियो। उनको घर बागमती किनारमै थियो। 

सो पहिरोसँगै बगेका ७ जनामध्ये अक्क्लबहादुरकी श्रीमती शान्ताकुमारी स्याङ्तान मंगलबार बिहान घाइते अवस्थामा फेला परेकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भयो। 

यस्तै सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङलाई पनि हिजो साँझ घाइते अवस्थामा उद्धार गरिएको हो। उनको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

हराइरहेका तीनजनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली खटिएको छ।

काभ्रेस्थित घरबाट केही दिनअघि परिवारका साथमा ससुराली मकवानपुर आएका २५ वर्षीय जीवन पहरी, उनका ४ वर्षीय छोरा मिलन पहरी र डेढ वर्षीया छोरी दिव्या पहरी अझै बेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .