ad ad

बागमती


नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु, पहिचान हुन बाँकी

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु, पहिचान हुन बाँकी

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार ९:३९, चितवन

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो। महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .