ad ad

बागमती


प्रदेश प्रमुख शर्माद्वारा दुईवटा विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख शर्माद्वारा दुईवटा विधेयक प्रमाणीकरण

नेपालखबर
साउन १, २०८० सोमबार १२:३९, हेटाैँडा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन्।

बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आव ०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए।

बागमती प्रदेश सभाको असार २१ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो। प्रदेश सरकारले असार १ गते आगामी आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो।

दुवै विधेयक प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .