ad ad

बागमती


हेटौँडा बजार क्षेत्रको सडक २५ गज विस्तार हुने, राजनीतिक दलबीच सहमति

हेटौँडा बजार क्षेत्रको सडक २५ गज विस्तार हुने, राजनीतिक दलबीच सहमति

नेपालखबर
असार २५, २०८० सोमबार १३:२७, काठमाडौँ

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा बजार क्षेत्रको सडक दायाँ-बाँया २५ गज विस्तार गर्न मकवानपुरको राजनीतिक दलहरू एकमत भएका छन्।

आइतबार हेटौँडामा बसेको संयुक्त बैठकले सडक विस्तार गर्ने कार्यलाई अगाडी बढाउन ऐक्यबद्धताको साथै सडक विस्तारको कार्यको लागि सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो। जसकारण प्रभावित नागरिकहरूको अवरोधले सडक विस्तार नरोकिने भएको हो।

बैठकले सडक विस्तार गर्दा सर्वोच्च अदालतको फैसला बमोजिम तथा ऐन कानून अनुसार घर धनीहरूको हकमा उचित मुअब्जा तथा क्षतिपूर्ति एवं व्यवसायीहरूको हकमा उचित व्यवस्थापनको लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकमा नेपाली कांग्रेस हेटौँडाका नगर सभापति उत्सव ईटेनी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, रास्वा मकवानपुरका सभापति भरत पराजुली, माओवादी केन्द्रका तिर्थबहादुर थापा, जसपाका दीपक सिंतान, नेकपा एसका विष्णु दाहाल, नेसपाका सुदिप कार्की, हेटौँडा उपमहागरका उपप्रमुख राजेश बाँनिया लगायतको सहभागिता रहेको थियो।

गत असार १० गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमनको कार्यलय काठमाडौं, सडक डिभिजन हेटौँडाले असार १० गते ३५ दिने सूचना जारी गर्दै पुर्व पश्चिम राजमार्गको दायाँ बाँयाको २५ गज क्षेत्रमा पर्ने संरचनाहरू खालि गर्न सूचना जारी गरेको छ।

सडक डिभिजनले यसअघि पनि पटक–पटक सूचना जारी गरे पनि २५ मिटर क्षेत्र फराकिलो पार्ने कार्यलाई अघि बढाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .