ad ad

बागमती


हेटौँडा बस दुर्घटना अपडेट : ५२ जना घाइते, एकको अवस्था गम्भीर

हेटौँडा बस दुर्घटना अपडेट : ५२ जना घाइते, एकको अवस्था गम्भीर

नेपालखबर
असार १५, २०८० शुक्रबार १७:३३, हेटाैँडा

मकवानपुरको हेटौँडामा शुक्रबार भएको बस दुर्घटनामा ५२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरलले जनाएको छ।

नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये केहीको हेटौँडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ भने २१ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, हेटौँडा अस्पतालमा उपचारत सामान्य घाइतेहरु डिस्चार्ज भैसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार १ जना गम्भीर अवस्थाका घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको छ।

बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको हो। बसका चालक भने अझै सम्पर्कमा आउन नसकेको प्रहरी प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .