ad ad

बागमती


बागमतीको बजेट अहिलेसम्मकै कमजोर : एमाले

बागमतीको बजेट अहिलेसम्मकै कमजोर : एमाले

नेपालखबर
असार १, २०८० शुक्रबार १८:३६, काठमाडौँ

बागमती प्रदेश सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको सरकारका प्रतिपक्षी दलले तर्क गरेको छ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारले ल्याएको बजेट अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको बताएका हुन्।

बजेट भाषण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थपलियाले यस्तो खालको बजेटले प्रदेशको विकास सम्भव नभएको बताएका हुन्। 

‘यसले विगतका सरकारले सुरुवात गरेको प्रदेशका गौरवको आयोजनालाई प्राथमिकताबाट हटाएर तोडमोड गर्दै खारेजी गर्ने सुरसार गरिएको छ,’ उनले भने, ‘आज प्रस्तुत भएको बजेटमा प्रदेशलाई बलियो बनाउने आधारशिला देखिएको छैन। आँट नभएको, प्रतिवद्धता नभएको बजेट आएको छ। हामीलाई लागेको थियो धेरैवटा पार्टी सरकारमा छन्, राम्रै बजेट आउला भन्ने सोचेका थियौं। तर यो पटक सबैभन्दा कमजोर बजेट बागमती सरकारले ल्यायो।’ 

नेता थपलियाले बजेट ढुलमुले र कुनै गति प्रदान गर्ने खालको नभएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .