काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालमा सिल गरेको छ। दर्ता नवीकरण नगरी सञ्चालनमा रहेका दुई वटा अस्पताल सोमबार सिल गरिएको महानगरपालिकाले जनाएको छ।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो।
महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी बिनै दर्ता सञ्चालन भइरहेको पाइएको महानगरपालिका स्रोतले जनाएको छ।
213
Shares
प्रतिक्रिया