ad ad

बागमती


‘साक्षर प्रदेश’ घोषणा भएको बागमतीमा ८२ प्रतिशत मात्रै साक्षरता

‘साक्षर प्रदेश’ घोषणा भएको बागमतीमा ८२ प्रतिशत मात्रै साक्षरता

सुनिता विष्ट
जेठ २०, २०८० शनिबार १८:१९, हेटाैंडा

राष्ट्रिय जनगणना, २०७८ का अनुसार देशको सबैभन्दा धेरै साक्षरता रहेको प्रदेश हो, बागमती। गच चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिवेदनको तथ्याकं अनुसार बागमतीमा ८२.१ प्रतिशत नागरिक साक्षर छन्।

जसमा ८८. ३ प्रतिशत पुरुष र ७६ प्रतिशत महिला साक्षर रहेको प्रतिवेदनमा उल्लेख छ। 

त्यसोत, जगणना भइरहेकै वर्ष तत्कालिन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी थिइन्। २०७८ असोज ११ गते सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको थियो।

साक्षर प्रदेश घोषणा भइसकेको झण्डै २ वर्षपछि सार्वजनिक भएको तथ्याकं अनुसार भने हाल ८२ प्रतिशत मात्र साक्षरता उल्लेख छ। 

तत्कालिन शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक सिपी लुईंटेलले पेस गरेको तथ्यांकअनुसार बागमतीमा ९७.२२ प्रतिशत नागरिक साक्षर रहेको उल्लेख थियो।

मापदण्ड अनुसार ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर रहेको आधारमा प्रदेशलाई साक्षर घोषणा गरिएको थियो।

तर जनगणनाको तथ्यांक अनुसार साक्षर प्रदेशमै ९० प्रतिशत पनि नागरिक साक्षर नरहेको पाइएको छ।

जनगणनाको प्रतिवेदन अनुसार देशकै पहिलो साक्षर प्रदेश घोषणा भएपनि मापदण्डमा टेक्न नसकेको पाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .