ad ad

बागमती


बागमती सरकारले प्रमुख प्रतिपक्षी दलको सुझाव नमानेको गुनासो

बागमती सरकारले प्रमुख प्रतिपक्षी दलको सुझाव नमानेको गुनासो

नेपालखबर
जेठ ११, २०८० बिहिबार १७:५४, हेटाैंडा

बागमती प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले आफ्ना अनुरोधहरु नसुनेको गुनासो गरेको छ। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि दिइएको सुझावमा सरकारले व्यवास्ता गरेको एमालेका सांसदहरुले गुनासो गरेका हुन्। 

बिहीबार (आज( एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलको कुरा सरकारले सुन्न नचाहेको बताएका हुन्।

आफ्ना सुझावहरू समेटेर मात्र नीति तथा कार्यक्रम ल्याउन पर्ने बताउँदै यदि त्यसो नभएको खण्डमा नीति तथा कार्यक्रम सदनबाट पास हुन नदिने चेतावनी समेत दिएको छ।

सदनमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा आफूले दिएको सुझावहरुलाई जोड दिनका लागि आग्रह गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले बताए।

तर उनका अनुसार सरकारले एमालेले दिएको सुझावको आधारमा टेकेर नीति कार्यक्रम नल्याउने देखिएपछि एमालेले सरकारको विरोधमा उत्रिन परेको बताएका छन्। 

नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयवस्तहरुका बारेमा  सरकारले गत बैशाख २५ गते दलहरुसँग गरेको बताउँदै प्रमुख सचेतक पौडेलले भने, ‘छलफलका क्रममा नेकपा(एमाले) संसदीय दलको तर्फबाट सरकारलाई लिखित र मौखिक रुपमा नै सुझाव पेश गरिएको सन्दर्भमा हाल आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाज्यूले प्रदेश सभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा हाम्रा महत्वपूर्ण सुझावहरुको सम्वोधन भएको पाइएन।’

अब आउने नीति तथा कार्यक्रममा गम्भिर अर्थतन्त्रलाई लिकमा ल्याउनका लागि दिएका लिखित सुझावहरु र सिद्धान्त र प्रथमिकतामा आधारित रहेर एमालेले संसदमा राखेका सुझावहरु सहित समेटेर आगामी नीति तथा कार्यक्रम र बजेटमा नआए नीति तथा कार्यक्रम संसदबाट पास गर्न नदिने समेत एमालेका सांसदहरुले चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .