ad ad

बागमती


बागमतीमा मिल्यो भागबण्डा, कांग्रेसले ५ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने

बागमतीमा मिल्यो भागबण्डा, कांग्रेसले ५ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने

नेपालखबर
जेठ २, २०८० मंगलबार १५:२८, हेटाैँडा

बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगो लागेको छ।

नेकपा एमाले र राप्रपाले छोडेका ७ मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादी बीचमा भागबण्डा मिलेको हो।

यसअघि आ–आफ्नै दाबीका कारण सरकारलाई पूर्णता दिन नसकेकोमा अब भने कांग्रेस र एकीकृत समाजवादी बीचमा सहमति भएपछि केही दिनभित्रै बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ।

प्रदेशको ६ मन्त्रालयमा दाबी गरिहेको कांग्रेसले ५ मन्त्रालय लिएर जाने सहमति गरेको छ भने एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने लगभग निश्चित भैसकेको एकीकृत समाजवादीका एक प्रदेश सांसदले बताए।  

उनका अनुसार केन्द्रको निर्देशनले नै बागमती सरकारमा गठबन्धनबीचमा भागबण्डा मिलेको हो।

बुधबार बिहान सत्तापक्ष दलको बैठक बसेर कहिले मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयको टुंगा लगाइने छ।

यसअघि गत चैत २६ गते कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा अर्थमन्त्री र तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका थिए। हाल बागमती मन्त्रिपरिषदमा ५ मन्त्रालय रिक्त छन्।

सो मध्ये अब कांग्रेसले ३ मन्त्रालय पाउनेछ भने एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .