बागमती प्रदेशमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। आर्थिक वर्ष २०८०/८१ को नीति, योजना तथा कार्यक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो।
बैठक अपराह्न ४ बजे बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए।
बैठकमा बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सातवटै राजनीतिक दलका प्रतिनिधि सहभागी हुने उनले बताए।
15
Shares
प्रतिक्रिया