ad ad

बागमती


काठमाडौं महानगर क्षेत्रका तार व्यवस्थापन गर्न सुरु

काठमाडौं महानगर क्षेत्रका तार व्यवस्थापन गर्न सुरु

सोमबार बिहान माइतीघर मण्डला क्षेत्रमा अव्यस्थित तार व्यवस्था गरिँदै


नेपालखबर
बैशाख २५, २०८० सोमबार ९:२७, काठमाडौँ

काठमाडौं महानगर क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान आज बिहान थालेका हुन्। 

काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच आइतबार भएको सहमतिअनुसार महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालिएको हो। 

आज बिहान ८ बजे माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको हो। 

यसअघि आजै बिहान दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको थियो। 

प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ :
–माइतीघरदेखि एयरपोर्ट

–त्रिपुरेश्वर देखि महाराजगञ्ज

–न्युरोड–वसन्तपुर हुँदै असन

–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी

–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी

–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ

–नक्साल–बालुवाटार हुँदै शीतल निवास

–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी

–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी

–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू 

–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला 

–गौशाला–बौद्वनाथ

–कालिमाटी–कुलेश्वर हुँदै बल्खु

माथि उउल्लिखित रुटमा क्रमशः तार व्यवस्थित गरिने जानकारी दिँदै दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि आग्रह पनि गरेको छ। 

‘सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्नेगरी तारमा ट्याग हुनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ, ‘तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने बेहोरा जानकारी गराइन्छ।’

तार व्यवस्थापनका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .