ad ad

बागमती


टोखामा मन्त्री दुलालको अनुगमन

टोखामा मन्त्री दुलालको अनुगमन

नेपालखबर
बैशाख २, २०८० शनिबार १६:४२, काठमाडौँ

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले काठमाडौंको टोखा नगरपालिका–३ मा निर्माणाधिन स्ल्याप ढलान सडकको अनुगमन गरेका छन्। 

शनिबार दिउँसो मन्त्रीसहितको टोलीले सो ढलान सडकको अनुगमन गरेको हो। 

सडक अनुगमनका क्रममा माओवादी केन्द्रीय सदस्य कल्पना शर्मा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि तथा समाजसेवीहरूको उपस्थिति रहेको मन्त्री दुलालका स्वकीय सचिव दिपक न्यौपानेले जानकारी दिए। 

यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका दुलाल भौतिक मन्त्रालयको जिम्मेवारी लिएसँगै अनुगमनलाई तिव्रता दिएका छन्। 

दुलालले प्रदेशभित्र भइरहेका सडक स्तरोन्नतीका कामहरूको अनुगमन गर्दै काम नभएका ठाउँमा ठेक्का तोडेर नयाँ प्रक्रिया समेत सुरु गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .