ad ad

बागमती


चौतारा–झ्याँडी सडकखण्ड स्तरोन्नतीका लागि बोलपत्र आह्वान

चौतारा–झ्याँडी सडकखण्ड स्तरोन्नतीका लागि बोलपत्र आह्वान

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २०:२१, काठमाडौँ

सिन्धुपाल्चोकको चौतारा–नवलपुर–मेलम्ची सडकखण्ड अन्तर्गत (चौतारा–पिपलडाँडा–झ्याँडी खोला) खण्डको स्तरोन्नतीका लागि बोलपत्र आह्वान भएको छ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोकले उक्त सडकखण्ड स्तरोन्नतीका लागि बोलपत्र आह्वान गरेको हो।

बोलपत्रदाताले तोकिएको रकम बोलपत्र कागजातको लागतको रूपमा कार्यालयको राजस्व (राजस्व) खातामा जम्मा गर्नुपर्ने जनाइएको छ। 

भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको निर्वाचन क्षेत्र समेत रहेको यो सडकखण्ड स्तरोन्नतीका लागि यसअघिका वर्षहरूमा पनि बजेट विनियोजन हुँदै आएको छ। 

यसअघि सामाजिक विकास मन्त्रालयमा रहँदा दुलाले आफ्नै पहलमा सो सडक स्तरोन्नतीको काम अघि बढाएका थिए।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दुलालले अन्य सडकको अनुगमन तथा काम नभएका ठाउँमा ठेक्का तोड्दै काम अघि बढाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .