ad ad

बागमती


नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, ११ यात्रु घाइते

नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, ११ यात्रु घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १८, २०७९ शनिबार ५:३५, त्रिशूली

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो शुक्रबार अपराह्न सोही स्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

ना १ ज ३९८४ नं को सुमो धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खसेको हो। 

दुर्घटनामा ११ जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .