ad ad

बागमती


काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १३:१, काठमाडौँ

काठमाडौँ महानगरपालिका–२८ स्थित त्रिचन्द्र कलेजअगाडि आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा. ६५ प ५६०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भोजपुरको भोजपुर सदानन्द नगरपालिका–११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राईको मृत्यु भएको हो। 

उनी सवार मोटरसाइकल पैदयात्रीलाई ठक्कर दिई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .