ad ad

बागमती


जिल्लाबाटै मन्त्रालयको सेवा दिन १३ वटा एकीकृत कार्यालय खुल्दै

जिल्लाबाटै मन्त्रालयको सेवा दिन १३ वटा एकीकृत कार्यालय खुल्दै

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:३९, हेटाैँडा

बागमती प्रदेशको मन्त्रालयको काम अब प्रत्येक जिल्लाबाट हुने भएको छ। जसका लागि प्रदेश सरकारले सेवा विस्तारका लागि १३ वटा जिल्लामा एकीकृत कार्यालय खोल्ने तयारी गरेको हो।

प्रदेशको सबै काम जिल्लाबाट नै हुने गरी सरकारले प्रदेशका सबै जिल्लामा एकीकृत कार्यालय खोल्ने भएको हो। यसका लागि प्रदेश सरकारले अध्ययन कार्यदल गठन गरेको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। समितिको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव मुकुन्दप्रसाद निरौला रहेका छन्।

निरौलाले आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछन्। प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका लागि एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको बताइएको छ।

एकीकृत कार्यालय स्थापना भएपछि हरेक जिल्लाबाट मन्त्रालयको काम बोकेर हेटौँडासम्म आउनुपर्ने समस्याको हल हुने बताइएको छ।

प्रदेश सरकारका सबै प्रशासनिक काम हेटौँडा र काठमाडौंबाट मात्र सञ्चालन हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

उक्त कार्यदलले अध्ययन गरेर मन्त्रिपरिषदमा प्रतिवेदन बुझाएपछि सरकारले १३ वटै जिल्लामा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्नेछ। कार्यदलले प्रशासनिक खर्च, सेवा प्रवाहलगायत विषयलाई केन्द्रमा राखेर अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालय मातहत रहने गरी कार्यालय खोल्ने सुझाव सहित प्रतिवेदन पेश गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .