ad ad

बागमती


बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने, तीन दल मात्रै सरकारमा ‘इन्ट्री’

बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने, तीन दल मात्रै सरकारमा ‘इन्ट्री’

नेपालखबर
माघ १०, २०७९ मंगलबार २०:४६, हेटाैँडा

बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ।

आज मन्त्रालय निर्धारण कार्यदलले मुख्यमन्त्री जम्मकट्टेल समक्ष ११ मन्त्रालय बनाउन रायसहितको प्रतिवेदन पेश गरेपछि मन्त्रालय टुंगो लगाउन आजै साँझ क्याबिनेट बैठक बसेको थियो।

बैठकले भोलि दिउँसो २ बजे बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना समेत बनाइसकेको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता जगन्नाथ थपलियाले नेपालखबरलाई जानकारी दिए। 

‘भोलि विहानसम्ममा मन्त्रीहरुको नाम टुंगो लगाउँछौं’ प्रवक्ता थपलियाले भने, ‘भोलि दिउँसो नै सबै मन्त्रीहरुको शपथ ग्रहण हुन्छ।’ 

सरकारलाई समर्थन गरेको कांग्रेसबाहेक ५ राजनीतिक दलहरु सरकारमा जान चाहे पनि निस्वार्थ समर्थन गरेको भन्दै थपलियाले एमाले, माओवादी र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताए। कुन मन्त्रालय कसलाई भन्ने कुरा प्रष्ट्याउन नचाहेका उनले दलको शक्तिको आधारमा भागबन्डा मिलाउने तयारी भैरहेको बताए। 

प्रदेशमा प्रतिनिधित्व गरेका ७ दलहरु मध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ दलले समर्थन गरेका थिए।

त्यसमध्ये कांग्रेस र नेमकिपा बाहेकका ५ दलहरु एमाले, माओवादी, राप्रपा, हाम्रो नेपाली पार्टी र नेकपा एकीकृत समाजवादीले मन्त्रालयमा दाबी गरिरहेका छन्। तर प्रवक्ता थपलियाका अनुसार हाम्रो नेपाली पार्टी र एकीकृत समाजवादीले मन्त्रालय नपाउने निर्णय गरिएको छ। 

कुन दललाई कति मन्त्रालय भन्ने नखुलाए पनि एमालेले ५, माओवादीले ४ र राप्रपाले २ मन्त्रालय पाउनसक्ने स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .