काठमाडौँको चोभारस्थित बागमती पुल नजिकबाट सोमबार साँझ कार खस्दा बेपत्ता भएका व्यक्ति अझै फेला परेका छैनन्।
प्रहरीले दुर्घटनास्थलबाट ४६ वर्षीया अम्बिका लामिछानेलाई उद्धार गरी उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारी लगेको छ। उनका श्रीमान् राजकुमार लामिछाने बेपत्ता रहेको प्रहरीले जनाएको छ।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। हिजो रात परेकाले स्थगित खोजी आज बिहान पुनः थालिएको हो।
सोमबार बेलुका पौने ५ बजे चोभार जलविनायकस्थित बागमती नदी पुल नजिकबाट बा ५ च ५६५४ नम्बरको सुजुकी कार ५० मिटर तल खसेको थियो।
बागमती नजिकै कार अड्किए पनि मान्छे नदीमा उछिट्टिएर बेपत्ता भएको प्रहरीको भनाइ छ।
बागमती कार दुर्घटना अपडेट : श्रीमान नदीमा बेपत्ता, श्रीमतीलाई गंगालाल लगियो
हेर्नुहोस् खसेको कार र बेपत्ता खोजीका केही तस्बिर
Shares
प्रतिक्रिया