ad ad

बागमती


भक्तपुरमा ग्याँस सिलिन्डर पड्किँदा भान्साघर भत्कियो, महिला घाइते

भक्तपुरमा ग्याँस सिलिन्डर पड्किँदा भान्साघर भत्कियो, महिला घाइते

ग्याँस सिलिन्डर पड्किँदा भत्किएको भान्साघर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:५, काठमाडौँ

भक्तपुरको बालकोटमा खाना पकाउने एलपी ग्याँस सिलिन्डर विस्फोट भएको छ। सोमबार बिहान भएको विस्फोटमा परी एक महिला घाइते भएकी छन्। 

बिहान करिब ७ बजे सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित रामप्रसाद थपलियाको घरसँगै जोडेर बनाएको भान्सा कोठामा रहेको ग्याँस सिलिन्डर विस्फोट भएको हो। सिलिन्डरबाट लिक भएको ग्याँस जम्मा भई एक्कासि विस्फोट हुँदा भान्साको वाल, सिसा, पार्किङमा राखेको गाडीमा क्षति पुगेको छ। 

ग्याँस सिलिन्डर पड्किँदा भत्किएको भित्ता

रामप्रसादकी श्रीमती तारा घले थपलिया घाइते भएकी छन्। उनलाई उपचारका लागि ठिमी अस्पताल लगिएको छ। उनको अवस्था सामान्य रहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। 

घटना अनुसन्धानका लागि प्रहरी परिसर भक्तपुर, नेपाली सेनाको विस्फोट सम्बन्धि हेर्ने युनिट, नेपाल प्रहरीको डग शाखाबाट कुकुरसहितको टोली पुगेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .