ad ad

बागमती


मेयर बालेन्द्रले थापाथलीका सुकुम्बासी हटाउन गृहमन्त्री रविलाई लेखे पत्र

मेयर बालेन्द्रले थापाथलीका सुकुम्बासी हटाउन गृहमन्त्री रविलाई लेखे पत्र

नेपालखबर
पुस १४, २०७९ बिहिबार १५:५१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई पत्र लेखेको छ। 

महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको छ। 

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ। 

‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन,’ पत्रमा उल्लेख रहेको छ, ‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’

काठमाडौं महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएको थियो। तर स्थानिय विरोधमा उत्रिएपछि हटाउन सकेन। 

गृहमन्त्रीमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै  महानगरले मन्त्रालयलाई समन्वयकोलागि भन्दै पत्र पठाएको छ। महानगरले यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी नपाएको बताउँदै आएको छ। 

तर थापाथलीमा बस्दै आएका सुकुम्बारी उचित व्यवस्थापन विना आफुहरुलाई हटाउन नपाइने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .