ad ad

बागमती


भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असोज ३०, २०७९ आइतबार १०:३०, काठमाडौँ

भक्तपुरमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार राति सवा १० बजे मध्यपुर ठिमी नगरपालिका ६ बाहाखा भिमसेन चोकमा दुर्घटना भएको हो। 

सानोठिमीबाट निकोसेरा तर्फ आउदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरित दिशातर्फ गईरहेको बा ३ प ५४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए। दुर्घटनामा मोटरसाईकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भिर घाईते भएका थिए।

उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी पठाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि अन्नपुर्ण न्युरो अस्पताल माईतीघर पठाईएको थियो। 

उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। 

दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्याक्सी चालक भक्तपुर नगरपालिका १० का ३९ वर्षीय सुन्दर गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .