ad ad

ग्लोबल


अघिल्लो सम्मेलनमा साढे ३ घण्टा बोलेका सीले यसपटक पौने २ घण्टामै प्रतिवेदन टुंग्याए

अघिल्लो सम्मेलनमा साढे ३ घण्टा बोलेका सीले यसपटक पौने २ घण्टामै प्रतिवेदन टुंग्याए

नेपालखबर
असोज ३०, २०७९ आइतबार १०:३१, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले यसपटकको पार्टी सम्मेलनको उद्घाटन समारोहमा छोटो भाषण गरेका छन्। उनले एक घण्टा ४५ मिनेटमा आफ्नो प्रतिवेदन पढेर टुंग्याए। 

जबकि पाँच वर्षअघि सीले साढे तीन घण्टा लामो वक्तव्य दिएका थिए। यसपटकको सीको प्रतिवेदनमा १४ हजार शब्द छन्। जुन उनले २०१७ मा पेस गरेको प्रतिवेदनको आधाभन्दा कम हो। त्यतिबेला सीको प्रतिवेदनमा ३२ हजार शब्द थिए।

सीले चीनको कायाकल्पको लक्ष्य प्राप्त गर्न सबैलाई एक हुन आह्वान गर्दै भाषण टुंग्याए। भाषणको अन्त्यपछि आफ्नो सिटमा फर्किनुअघि सीले नजिकै बसेका पूर्वराष्ट्रपति हु चिन्ताओसँग हेराहेर गरेका थिए।

हुले पार्टीको १७ औँ सम्मेलनमा अढाइ र १८ औँ सम्मेलनमा डेढ घण्टा भाषण गरेका थिए। सन् २००२ मा च्याङ चेमिनले पनि डेढ घण्टामै भाषण टुंग्याएका थिए।

भाषणका क्रममा सीले कोभिड, ताइवान, हङकङसहित चीनको विकासका लक्ष्यहरुको चर्चा गरे। तर, यसपटक उनले सिन्जियाङको नाम लिएनन्। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .