काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ।
अधिवक्ता दिपकराज जोशीले गत ३ भदाैमा बालेन्द्रविरूद्ध मुद्धा दर्ता गराएका थिए।
मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ।
बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भइरहेको छ। अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार सो मुद्धामा आज कार्कीको बेन्चमा सुनुवाई भइरहेको हो।
नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चले आदेश दिएपछि मेयर बालेन्द्रले लेखेको स्टाटसलाई लिएर उनीविरुद्ध मुद्धा परेको हो।
बालेन्द्रले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।
Shares
प्रतिक्रिया