बागमती


बाढीले मेलम्ची–हेलम्बु सडक बन्द

सिन्धुपाल्चोकमा ठूलो वर्षा, उच्च सतर्कता अपनाउन सुझाव
बाढीले मेलम्ची–हेलम्बु सडक बन्द

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार ७:४४, काठमाडौँ

गएरातिको बाढीले सिन्धुपाल्चोकस्थित मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक बन्द भएको छ। सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालन गर्न समस्या भएको इलाका प्रहरी कार्यालय (मेलम्ची) ले जनाएको छ। 

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन्। पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। 

सतर्कता अपनाउन अनुरोध
सिन्धुपाल्चोकको धाप र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ।

मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने ससाना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची– ६ तालामाराङका योगबहादुर अर्यालले बताए। हेलम्बु र मेलम्चीका  नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad