ad ad

बागमती


ट्रक खस्दा चालकको मृत्यु, सहचालक हामफालेर बाँच्न सफल

ट्रक खस्दा चालकको मृत्यु, सहचालक हामफालेर बाँच्न सफल

मकवानपुर


नेपालखबर
असार १८, २०७९ शनिबार ६:२९, मकवानपुर

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक शुक्रबार फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सी जी ०७ बी एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिएर २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उनको शव परीक्षणका लागि हेटौँडा ल्याउँदै गरेको उनले बताए। ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँच्न सफल भएका छन्। अजित सामान्य घाइते छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .