ad ad

बागमती


हैजासम्बन्धी गुनासो सुन्न महानगरको हटलाइन नं ११८०

हैजासम्बन्धी गुनासो सुन्न महानगरको हटलाइन नं ११८०

नेपालखबर
असार १३, २०७९ सोमबार २२:१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी गुनासो सुन्न र समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन गरेको छ। 

महानगरले राष्ट्रिय सभा गृहको कल सेन्टर ११८० नम्बरबाट ११८० नम्बर सञ्चालनमा ल्याइ सेवा थालेको हो।

यसअघि सोही नम्बर कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि  प्रयोग गरिएको थियो।

हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयंसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय पनि महानगरले गरेको छ। 

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाहको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .