ad ad

अटो


विश्वप्रसिद्ध मिसेलिन टायर नेपाली बजारमा

विश्वप्रसिद्ध मिसेलिन टायर नेपाली बजारमा

नेपालखबर
असोज ८, २०७६ बुधबार ५:४३,

 विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ। सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा एक सय ३० वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरेको हो।

होटल अन्नपूर्णमा आयोजित एक विशेष कार्यक्रमका बीच मिसेलीन टायरहरू नेपाली बजारमा सार्वजनिक गरिएको हो। मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादनहरू सार्वजनिक गरे।

सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायरहरू एक सय सत्तरी देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ वटा उत्पादन केन्द्रहरू रहेका छन् । नवीनता तथा दिगो विकासको नेतृत्वकर्ता मिसेलिनको तीनवटा उत्पादन रेन्जहरू (कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेण्टहरू) नेपाली बजारमा उपलब्ध छ ।

Michelin Product 1 3

सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकताअनुसारका टायरहरू आपूर्ति गर्न नेपाली सडकहरूमा व्यापक र गहन अध्ययन गरिरहेको छ । अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरहरूका साथमा उपभोक्ताहरूले सुरक्षित र प्राविधिक अत्याधुनिक टायरहरू अनुभव गर्न सक्छन् ।

सो कार्यक्रममा बोल्दै मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पीले भने, ‘सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायरहरू सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको बिस्तार गर्न पाएर हामी एकदम खुसी छौँ । मिसेलिनका उत्पादनहरूले एकदम राम्रो प्रतिक्रिया पाइरहेका छन् । त्यसैलै हामीले यहाँको लागि भनेर हाम्रो विज्ञ टोलीले गरेको विस्तृत अध्ययन पश्चात् तीनवटा फरक सेग्मेण्टहरू अन्तर्गत सार्वजनिक गरेका छौँ । मिसेलिनका टायरहरू टिकाउ हुनुका साथै मिसेलिनले हवाईजहाज, अटोमोबाइल्स, साइकल, अर्थमुभर, कृषि उत्पादनका लागि प्रयोग हुने गाडीहरू, हेभी ड्युटी ट्रकहरू र मोटरसाइकलहरूका जस्ता हरेकखाले यातायातका साधनहरूका लागि हुने टायरहरू डिजाइन गर्ने र उत्पादन तथा बिक्री गर्ने गर्छ ।’

Michelin Product 1 4

मिसेलिनको आधिकारिक ब्रान्ड लोगोका साथै मिसेलिनका उत्पादन रेन्जहरू सार्वजनिक गर्दै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सबै सेग्मेण्टहरूमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो लक्ष्यका साथमा विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन टायर्ससँग आफ्नो साझेदारी बिस्तार गर्न पाउँदा हामी हर्षित भएका छौँ । नेपालको सडकको अवस्था बुझ्न हामीले केही समय अध्ययन ग¥यौँ र तीन विभिन्न सेग्मेण्टहरू अन्तर्गत उत्पादनहरू पेश गर्न आज हामी यहाँ उपस्थित भएका छौँ । हामी ढुक्क छौँ कि हाम्रा ग्राहकहरूको सवारी साधनहरूको कार्यक्षमतामा सुधार आउनेछ र सहज हुनेछ ।”

एसयूभी र प्यासेन्जर भेइकलमा
केही वर्षदेखि यो सेग्मेण्ट अन्तर्गत नेपाली ग्राहकहरूको छनोट टिकाउ र माइलेजबाट सुरक्षा र आरामदायीतर्फ मोडिएको छ । यो परिवर्तन मिसेलिन टायरहरूका लागि एकदमै उपयुक्त हो किनकि मिसेलिनका टायरहरू विश्वभर सुरक्षा, आरामदायी र सहजताका लागि प्रचलित छन् ।

टु ह्वीलर सेग्मेण्ट
टु ह्वीलर सेग्मेण्टमा पनि ग्राहकहरूको रोजाइ परिवर्तित हुँदैछ । अहिलेको समयमा ग्राहकहरूसँग औसतमा २५० सिसि इन्जिन क्षमता भएका बाइकहरू रहेका छन् । यो सेग्मेण्ट अन्तर्गतका बृहत् उत्पादनहरूले जस्तोसुकै बाटोमा पनि सुरक्षा र आरामदायी सुनिश्चित गर्दछ ।

Michelin Product 1 5

सिभी सेग्मेण्ट
कमर्सियल सेग्मेण्ट अन्तर्गत मिसेलिनका टायरहरू क्षमता र टिकाउ हुनका लागि परिचित छन् । नेपालमा कार्यक्षमताको उच्च गुणस्तर सुनिश्चित गर्न सबैभन्दा खराब अवस्थाका सडकहरूमा परीक्षण गरिएको थियो । सबैभन्दा अत्याधुनिक सुविधाको टायर रिट्रिड सेन्टर बुटबलमा स्थापना गरिएको छ ।

बुटबलमा स्थापित सो रिट्रिड सेन्टर मिसेलिन स्टायन्डर्डअनुसार निर्माण गरिएको हो र मिसेलिन कम्पनीबाट सिधै सबै प्रोसेसिङ उपकरणहरू र कच्चा पदार्थ आयात गर्ने गरिन्छ । यसले जस्तोसुकै सडक अवस्थामा पनि टायरको लामो आयु र उच्च कार्यक्षमता प्रदान गर्दछ ।

मिसेलिनका उत्पादनहरू बजारमा सजिलै उपलब्ध होस् भन्नका लागि काठमाण्डौँ र बुटवलमा एक्सक्लुसिभ शोरूमहरूसहित डिलरहरूको बलियो संजाल विकसित गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .