ad ad

राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ फर्किए

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ फर्किए

नेपालखबर
असोज ८, २०७६ बुधबार ५:५३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ स्वदेश फिर्ता भएका छन्।

दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेता सोङ सोमबार काठमाडौँ आइपुगेका थिए।

सोङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले विदाई गरेका छन्। सो अवसरमा चिनियाँ राजदूत यान्छी पनि सहभागी थिइन्।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा यही असोज ६ र ७ गते काठमाडौंमा ‘विचारधारात्मक छलफल’ कार्यक्रम भएको थियो।

 सो छलफलसँगै नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो

नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले उक्त सहमति पत्रका हस्ताक्षर गरेका थिए।

सो अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका सोङसहित ४० सदस्यीय टोली नेपाल आएको थियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको पूर्वसन्ध्यामा भएको सो अन्तरक्रिया कार्यक्रममा सी विचारधाराबारे छलफलका भएको नेकपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .