ad ad

अटो


'टीभीएस दशैंको दौड' जित्नेलाई ५० हजार पुरस्कार!

'टीभीएस दशैंको दौड' जित्नेलाई ५० हजार पुरस्कार!

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ११:४८,

 नेपालीको ठूलो चाड दशैँमा सवारीसाधन निर्माता टीभीएस टु–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस दशैंको दौड’ आयोजना गर्ने भएको छ। यही २८ गते आयोजना हुने दौडमा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ।

दौडमा इच्छुक सबैले निःशुल्क भाग लिन पाउने कम्पनीले जनाएको छ। त्यस्तै टीभीएस शोरुममा नगइकनै वा टीभीएस बाइक नकिनेर पनि सहभागी बन्न पाइनेछ। शनिबार बिहान ७ बजेदेखि सुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ ।

यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको टीभीएस दशैंको दौडप्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुचि दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं।’

रमाइलो दौड नक्साल बाल मन्दिरबाट सुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगी समापन हुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुटस्वरुप १ हजार प्रदान गरिनेछ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टीभीएस शोरुमहरुमा आफैँ गई वा टीभीएसमोटर्स डटकम डट एनपी/दशैँमा गई अनलाइनमार्फत वा दौड सुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .