राजनीति


भाषा सम्बन्धी सरकारी तथ्यांक नै मिथ्यांकः उपकुलपति गुरुङ

भाषा सम्बन्धी सरकारी तथ्यांक नै मिथ्यांकः उपकुलपति गुरुङ

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ११:५२,

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले भाषासम्बन्धी सरकारको तथ्यांक सही नभएको दावी गरेका छन्।

उपकूलपति गुरुङले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धी तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पारे। बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भाषा शाष्त्रीहरुले समेत भाषासम्बन्धी तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराए।

उपकूलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धी तथ्यांक निर्माण गर्दा समूदाय फरक भएपनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रीय तथ्यांक विभागको गम्भीर ध्यानाकर्षण गराए।

केन्द्रीय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो। विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .