अटो


ड्याटसन गाडीहरुमा आकर्षक उपहार योजना

ड्याटसन गाडीहरुमा आकर्षक उपहार योजना

नेपालखबर
भदौ ११, २०७६ बुधबार १२:५५,

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा ‘फेस्टिभ हट डिल’ योजना प्रस्तुत गरेको छ । नाडा अटो सो तथा दसैं, तिहार जस्ता महान् चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ ।

यो ड्याट्सन गो को नयाँ संस्करण हो । यसमा शक्तिशाली १.२ लिटर इन्जिन, रियर वाइपर, आर१४ डायमन्ड कट अलोय ह्विल, डुअल एयरब्याग जस्ता थप विशेषता यसमा विद्यमान रहेको कम्पनीले जनाएको छ। फेस्टिभ हट डिल अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्ने छन । नाडा अटो शोमा ड्याटसनको कुनै पनि गाडी बुकिङ गरेमा, उक्त गाडी डेलिभरी गर्दा ३१ हजार ९ सय ९९ रुपैयाँबराबरको एमआई८ लाइट मोबाइल निःशुल्क दिइनेछ।

यसै गरी गाडीका खरिदकर्ताहरु बीच लक्की ड्र गरीनेछ जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जना ले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा रु ९९,००० बराबरको निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको बीमा, तीन वर्ष सम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष सम्मको सडक कर र १ लाख २५ हजारसम्मको नगद छुट, फेस्टिभ डिस्काउन्टअन्तर्गत ५० हजार रुपैयाँको छुट प्राप्त गर्न सकिनेछ।

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन्। कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुविधा, बाई ब्याक अफर जस्ता थुप्रै सुविधाहरु प्राप्त गर्न सकिनेछ। यो फेस्टिभ हट डिलअन्तर्गत ड्याट्सन न्यू गोमा ३ लाख ४० हजार ६ सय ४६ तथा ट्याट्सन रेडि गोमा ३ लाख २२ हजार ६ सय ९६ रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्री केन्द्रहरुबाट लिन सकिने कम्पनीले जनाएको छ।

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .