अटो


नाडा अटो शो आफ्ना प्रडक्टबारे जानकारी दिने ठाउँ होः नाडा अध्यक्ष दाहाल

नाडा अटो शो आफ्ना प्रडक्टबारे जानकारी दिने ठाउँ होः नाडा अध्यक्ष दाहाल

नेपालखबर
भदौ २, २०७६ सोमबार ६:२९,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुँदै छ। यो वर्षको नाडा अटो शोमा ६ दिन सम्म सञ्चालन हुने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्ब माथिको ब्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन्। 

नाडाका अध्यक्ष शम्भु दाहाल गत वर्षको तुलनामा यो वर्ष अझ धेरै व्यवस्थित र अझ धेरै व्यवसयाीहरुको सहभागीता भएको बताउँछन्। नेपालखबरसँग दाहालले भने, ‘गत वर्ष ९१ वटा ब्राण्डको प्रदशस्नी रहेको मा यो वर्ष ९५ वटा प्रदशनी हुने भएको छ। गत वर्ष १३४ वटा स्टल रहेकोमा यो वर्ष १ सय ६० वटा रहेको छ। हामीले यो वर्षको पर्दशनीमा विश्वस्तरिय ब्राण्डहरुलाई मात्रै राख्ने छौं। यो अटो शो भनेको ब्राडिङ गर्ने थलो हो।’

यसले बिल्कुल रुपमा कारोबारको उद्देश्य नराखेको उनी बताउँछन्। बरु यसलाई आफ्ना प्रोडक्टको बारेमा जानकारी दिने ठाउँका रुपमा लिन उपयुक्त हुने दाहालको भनाइ छ। उनी भन्छन्, ‘नेपालमा यो शोको भ्यालु भनेको नै यसमा आएर उपभोक्ताले जानाकारी लिनेछ। त्यसकारणले यो अटो शोले आफ्नो कम्नीक सामानहरुको बारेमा उपभोक्तालाई जानाकारी गराउने र आफूतिर आकर्षित गर्ने थलो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad