नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ।
नेपाल सुपर लिगको प्रथम संस्करण वैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ। नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याट मा खेलिन्छ।
नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो।
ह्युन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ।
यसरी नैै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रायोजकका रुपमा सहयोग गर्दै आइरहेको छ। लक्ष्मी ह्युन्डाइले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० वर्षसम्म प्रायोजन गरेको थियो।
हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८-१९ देखि ४ वर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ। साथै फिफा प्रतियोगिताहरुमा बिगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ।

प्रतिक्रिया