आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधासम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।
राजदूतावासका अनुसार नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको बताएको छ।
दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो।
स्वास्थ्य सेवा, विशेषगरी आपतकालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो।
राजदुतावासले बताए अनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनः दिएको बताएको छ।
आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कम्रसियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ।
साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।
Shares

प्रतिक्रिया