नेपालमा मोटर-मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा बिगत एक दशकदेखि क्रियाशील नेपाल अटोमोवाइल्स एसोशिएसन (नासा) का पदाधिकारीहरुको जिम्मेवारी फेरबदल भएको छ।
गत हप्ता बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष मेघराज पौड्याल र महासचिव आशिष गजुरेलले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गरि रिक्त उपाध्यक्ष र महासचिव पदमा क्रमशः अनिल कुमार बराल र सुशील तण्डुकारलाई मनोनयन गरेको छ।
हाल यस संघको केन्द्रीय कार्यसमितिमा अध्यक्षमा दशरथ रिसाल, उपाध्यक्षमा सिताराम न्यौपाने र अनिल कुमार बराल, महासचिव(का.वा.)मा सुशील तण्डुकार, सचिवमा निरज खड्का क्षेत्री र सन्तोष प्रसाद न्यौपाने, कोषाध्यक्षमा धान्यमणी नेपाल, सह-कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरुमा क्रमशः नारायण कुमार भट्टराई, रामकुमार शाही ठकुरी, जिस्वाँ तुलाधर, सजल कार्की, सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रश शाक्य, बिनोद तण्डुकार र एक राखेप प्रतिनिधि रहेका छन्।
यस अघिनै सचिवमा सन्तोष प्रसाद न्यौपाने, सह-कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरुमा सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रस शाक्य र बिनोद तण्डुकारलाई मनोनयन गरिएको थियो।
Shares
प्रतिक्रिया