अटो


भारतमा निसान म्याग्नाइट टर्बो भेरिएन्टको बढ्यो मूल्य, नेपालमा पनि बढ्ला?

भारतमा निसान म्याग्नाइट टर्बो भेरिएन्टको बढ्यो मूल्य, नेपालमा पनि बढ्ला?

नेपालखबर
फागुन २४, २०७७ सोमबार १४:५२,

भारतमा निसान म्याग्नाइटको टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्यमा ३० हजार भारुले वृद्धि गरिएको छ।

एक हजार तीन सय प्रतिसतसम्म बढेको टर्बाे इन्जिनमा प्रयोग हुने सेमी कन्डक्टरले गर्दा यसको मूल्य वृद्धि भएको हो। यद्यपि यसको अन्य नन–टर्बो भेरिएन्टको मूल्य भने वृद्धि गरिएको छैन।

सब–फोर मिटर कम्प्याक्ट एसयूभीको रुपमा परिचित निसान म्याग्नाइट दुई पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ। १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने अर्को १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। दुवै इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड छ भने टर्बो इन्जिनमा सीभीटी गियरबक्स अप्सन समेत उपलब्ध छ। सीभीटी गियरबक्सयुक्त इन्जिनले भने १५२ एनएम टर्क जेनेरेट गर्छ।

निसान म्याग्नाइटले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी३०० र फोर्ड इकोस्पोर्ट जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतमा निसान म्याग्नाइटले निकै नै आक्रामक बजार लिइरहेको छ। करिव एक साता पहिले मात्र ५० हजार युनिट बुकिङ पुगेको निसान इन्डियाले बताएको थियो। भेरिएन्ट अनुसार भारतका विभिन्न सहरमा निसान म्याग्नाइट किन्न चाहनेले ४ महिना देखि ८ महिना सम्म पर्खिनु पर्ने अवस्था भएको छ।

नेपाली बजारमा पनि निसान म्याग्नाइट भित्रिएको करिब दुई हप्ता पुग्न थालेको छ। नेपाली बजारमा पायोनियर मोटोकर्पले निसान म्याग्नाइट बिक्रीका लागि उपलब्ध गराइरहेको छ।

नेपाली बजारमा समेत म्याग्नाइटप्रति ग्राहक निकै नै आकर्षित भइरहेको र बुकिङ बढिरहेको बताइएको छ। भारतमा समेत टर्बो पेट्रोल भेरिएन्टको मूल्य बढिरहेको समयमा आगामी दिनमा नेपालमा पनि यसको मूल्य बढ्ने अनुमान भने गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad