प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको छ।
फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन्।
यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन्।
नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो।

प्रतिक्रिया