इन्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई)को अध्यक्षमा सुशील तण्डुकार निर्वाचित भएका छन्।
आईएईको तेस्रो साधारणसभाले अध्यक्षमा तण्डुकारसहित उपाध्यक्षमा पवित्रविक्रम राणा र सचिन्द्र भण्डारी, महासचिवमा वासुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देललाई चयन गरेको हो।
यस्तै विवेक मिश्रलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ। सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएको आईएईले जनाएको छ।
पूर्वमन्त्री गणेश साह, राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास भने उक्त संस्थाको सल्लाहकार सदस्य छन्।
आईएई नेपालमा अटोमोटिभ, मेकानिकल, औद्योगिक तथा हवाइ इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित संस्था हो।
प्रतिक्रिया