ad ad

अटो


एसजे मोटो : बाइक, कफी, कल्चर, फन

एसजे मोटो : बाइक, कफी, कल्चर, फन

नेपालखबर
फागुन २, २०७७ आइतबार १३:५८,

विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा योग्दान पुर्‍याउँदै आएको स्याकार टेड्रिङ कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका छन्।

यही माघ ३० गतेका दिन लन्च गरिएको उक्त एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केही ऐतिहासिक मोटरसाइकहरुको संकलन
गरिएको छ। मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने
खानेकुराहरुको पनि आन्नद लिन सकिनेछ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटोको रिटेल सेक्सन मार्फत ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डीसीका सामानहरु समेत खरिद गर्न सकिनेछ।

आफ्नो रहरलाई यथार्थमा परिणत भएको खुसीमा ज्योति भन्छन्, ‘विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु। आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु। मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .