युरोपेली कार निर्माता फक्सवागनले चीनमा उड्ने कार (पेसेन्जर ड्राेन) बारे सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ।
युरोपकै ठूलो कार निर्माताले मंगलबार धेरै कम्पनीहरुले सम्भावित उक्त प्रविधिबारे चासो दिइरहेका बेला सम्भाव्यता अध्ययन गरिरहेको जनाएको हो ।
रोयटर्सका अनुसार जर्मन ग्रुपले एक वक्तव्यमा भनेको छ, ‘स्वचालित ड्राइभिङभन्दा बाहिर गएर नयाँ यातायातको अवधारणाले भविष्यको हाम्रो यातायात प्रणालीमा जान एउटा अर्को कदम हुनसक्छ, विशेषगरी प्रविधिले उत्कृष्ट चिनियाँ बजारमा ।’
‘सोही कारण हामी सम्भावनायुक्त अवधारणा र साझेदारबारे एउटा सम्भाव्यता अध्ययनमा यसलाई औद्योगीकरणमा लैजाने सम्भावना पहिल्याउन अनुसन्धान गरिरहेका छौँ’, ग्रुपले भनेको छ ।
फक्सवागनको चीनको प्रमुख स्टेफेन वुलेनस्टेनले फक्सवागनका सीईओ हर्बर्ट डाइससँगको एउटा अन्तर्वार्तामा कम्पनीले भविष्यको बजारमा यसलाई सहभागी हुन दिने गरी लाइसेन्सयुक्त ड्रोनको विकास गर्न चाहेको बताएको रोयटर्सले जनाएको छ ।
चीन विश्वकै ठूलो अटो बजार हो । फक्सवागनले पनि यो बजारमा ठूलै हिस्सा ओगटेको छ । कम्पनीहरुले अन्य विश्व कार उत्पादकहरुसँग मिलेर व्यावसायिक रोबो ट्याक्सी विकास गर्ने दौडमा लागेका समाचार आइरहँदा फक्सवागनको यो कुरा सार्वजनिक भएको हो । यस्तो बजारमा लगानी गर्ने आशा गरिरहेको मोर्गान स्ट्यान्लेले सन् २०४० सम्म १५ खर्ब डलर लगानी हुनसक्ने बताएको छ ।
ठूला कम्पनीहरु फक्सवागन र एयरबस, अमेरिकी जबी ग्रुप, जर्मनीको लिलियम तथा डायम्लर र इन्टेलको वित्तीय लगानी रहेको भोलोकप्टरहरु सबै अहिले यस्तो योजनामा बनाइरहेका छन् ।
नोभेम्बरमा लिलियमले अमेरिकाको ओल्र्यान्डोमा दुई करोड फ्लोरिडाबासीलाई छिटै उड्नसक्ने र तीन सय किमिसम्म सेवा दिनसक्ने विद्युतीय एयरक्राफ्ट बनाउनसक्ने बताएको थियो ।
Shares

प्रतिक्रिया